NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१

हाम्रो मिशन

हाम्रो लक्ष्य

(क) चलचित्र निर्माण, प्रदर्शन र वितरणलाई व्यवस्थित गर्न कथानक चलचित्र वा प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको अन्य किसिमका चलचित्र निर्माणको इजाजत, जाँच र प्रदर्शन अनुमति दिन । (ख) चलचित्र र लोकसञ्चार विकासका लागि फिल्म सिटी लगायतका भौतिक पूर्वाधार निर्माण गरी रेखदेख तथा सञ्चालन गर्न । (ग) चलचित्र फाँटलाई उद्योगको रुपमा विकसित गर्न निर्माता, निर्देशक, लेखक, कलाकार, प्राविधिक लगायत यस फाँटमा काम गर्ने सरकारद्वारा इजाजत प्राप्त कम्पनी, संस्था आदिका लागि आचारसंहिता तोक्न, आचारसंहिता अनुरुप भएको वा नभएको अनुगमन गर्न, आचारसंहिता उलंघन भएमा तोकिए अनुसार दण्ड–सजाय गर्न । (घ) चलचित्र उद्योगको विकास गर्न सिनेमाघरलाई इजाजत दिन र नियमन गर्न । (ङ) बक्स अफिस लगायत चलचित्रसंग जोडिएका आधुनिक अवधारणा अनुरुपका संरचना निर्माण तथा सञ्चालन गर्न गराउन । (च) भौतिक पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण गर्न सरकारलाई सिफारिस गर्न । (छ) चलचित्र र लोकसञ्चारसंग जोडिएका विषयमा गोष्ठी, कार्यशाला, सम्मेलन, भ्रमण आदि गर्न गराउन । (ज) चलचित्रकर्मीहरुलाई प्रोत्साहनका लागि विभिन्न सिर्जनात्मक गतिविधि गर्न ।