वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
चलचित्र लगायत प्रदेश भित्रका लोकसंस्कृतिमा आधारित श्रव्य-दृश्य सम्बन्धी लोकसञ्चारका विविध पक्षलाई विकास, विस्तार र नियमन गर्ने एउटा स्वायत्त संस्थाको रुपमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको स्थापना भएको हो । प्रदेश सञ्चार ऐन २०७७ अन्तर्गत् प्रदेश सभामा प्रस्तुत भई मिति २०७७/०३/१३ गते पारित भयो, जसलाई मिति २०७७/०५/०३ मा प्रदेश प्रमुखद्वारा प्रमाणिकरण भए पछि विधिवत कार्यालयको स्थापना २०७८ वैशाख १५ गते भयो । मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मंत्रालय अन्तर्गत् स्थापित चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डमा हाल मनोनित भएका अध्यक्ष - किशोर कुमार लेखी, सदस्य - विजय कुमार साह, रामस्वागत चौधरी, रिना यादव तथा कर्मचारीहरुमा प्रशन्न राज कर्ण कार्यालय प्रमुख, प्रशासन तर्फ सुवोध कुमार राय, लेखा तर्फ मेघलाल योञ्जन तथा दुई जना कार्यालय सहयोगीहरु रहेका छन् । वर्तमानमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको कार्यालय जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित रेलवे स्टेशनको मुख्य द्वार भन्दा पूर्व-दक्षिणमा अवस्थित छ ।